धादिङ – धादिङको सिद्धलेक गाँउपालिकाले १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा द्धितिय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा प्रदेश खेलकुद विकास परिषद , बागमती प्रदेशद्धारा आयोजित १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागमती प्रदेश छनौट प्रतियोगिता २०७८ को भलिबल विधामा कोच सन्दिप मगरको साथमा धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्दै यस सिद्धलेक गाउँपालिकाको नलाङ पात्ले मा वि का विद्यार्थीहरु सोविता कुमारी ठकुरी तथा अस्मिता श्रेष्ठको टिमले द्धितिय स्थान हासिल गरेका थिए ।
उनिहरुलाई आज मंगलबार गाँउपालिकामा एक कार्यक्रमको आयोजना गरी अध्यक्ष परशुराम खतिवडा तथा प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले बधाईसहितको सम्मान गरेका हुन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar