काठमाडौ – सिभिल बैंक लिमिटेड र पोखराको चरक मेमोरियल हस्पिटल बिच बैंकका ग्राहकका लागि विशेष छुट प्रदान गर्ने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकले पोखराको चरक मेमोरियल हस्पिटलमा २० प्रतिशत सम्म छुट पाउने भएका छन् । एक कार्यक्रममा बैकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख समीर के.सी. तथा हस्पिटलका तर्फबाट अध्यक्ष राम चन्द्र रेग्मिले सम्झौतामा हस्ताक्षर गरेका छन । उक्त सम्झौता अनुसार फार्मेसीमा ५ प्रतिशत, ल्याब,बेड, रेडियोलोजी तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत र होल बडी चेकअपमा २० प्रतिशत छुट पाउने ब्यबस्था छ ।
यस छुटको सुबिधा उपभोग गर्नको लागि बैंकका ग्राहकले हस्पिटलको बिलको भुक्तानी बैंकको मोवाईल बैंकिङ्ग एप मार्फत डिजिटल पेमेन्ट गर्नुपर्ने हुन्छ । यसका साथै आगामी दिनमा बैक र हस्पिटलको संयुक्त पहलमा पोखराको विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गर्न सकिने गण्डकी प्रदेशका प्रमुख समीर केसीले जनाएकोको पनि विज्ञप्तिमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar