काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वराजा ज्ञानेन्द्र शाहका भान्जा दिवस विक्रम शाहमाथी पत्राचार गरेको छ ।
सरकारी जग्गा हिनामिनामा मुछिएपछी पूर्वराजा शाहका भान्जा दिवस शाहमाथी पत्राचार गरेको हो । धनुषाको जनकपुर उपमहानगरपालिका ८, पिडारी चोकस्थित ८ बिगाहभन्दा बढी सरकारी तथा सार्वजनिक जग्ग शाहले आफ्नो नाममा पारेको भन्दै अख्तियारमा उजुरी परेपछि ७ दिन भित्र बयान दिनका लागि अख्तियारले सुचना प्रकाशन गरेको हो।
पूर्व राजा ज्ञानेन्द्र शाहका बाहिनी ज्वाइँ कुमार खड्ग विक्रम शाहका छोरा रहेका दिवसमाथि यस्तो आरोप लागेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ३ जनालाई बयानका लागि बोलाएको छ । नेपाल पर्वतरोहण संघको पूर्व उपाध्यक्ष समेत रहेका उनले सरकारी जग्गा किर्ते गरि घोटाला गरेको आरोप छ । अख्तियारले २७ जना जग्गा किनबेचमा समलग्न व्यकितसहित ३ जना कर्मचारीलाई पनि बयानका लागि बोलाएको छ ।
आयोगका अनुसार तत्कालिन मालपोत अधिकृत शशी नारायण लाल दास, नापी टोली प्रमुख चौमानसिंह थापा र निरिक्षक सिताराम साहलाई पनि मुद्दा दायर गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar