अमेरिका – अमेरिकाको सर्वोच्च अदालतले महिलाको गर्भपतनको संवैधानिक अधिकार खारेज गरेको विरोधमा हजारौँ अस्ट्रेलियालीहरू देशभर विरोध प्रदर्शनमा उत्रिएका छन् ।
सर्वोच्च अदालतले गत साता ऐतिहासिक १९७३ को रो भी वेड निर्णयलाई उल्ट्याउँदै गर्भपतन प्रतिबन्ध गर्ने अधिकार राज्यहरूलाई पुनर्स्थापना गरिदिएको थियो । अस्ट्रेलियाको सबैभन्दा ठुलो र्यालीमा करिब १५ हजार महिला र पुरुषले मेलबर्नमा प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले ‘मैले हजुरआमाबाट यो चिन्ह लिएको छु’ र ‘सबैले शारीरिक स्वायत्तताको अधिकारका हकदार छन्’ जस्ता प्लेकार्ड बोकेका थिए ।
अमेरिकामा जस्तै अस्ट्रेलियामा पनि गर्भपतनसम्बन्धी कानुन राज्यहरू नै तय गर्छन् । देशको सबैभन्दा बढी जनसङ्ख्या भएको न्यु साउथ वेल्सले सन् २०१९ मा गर्भपतनलाई वैधानिकता दिएको छ । न्यु साउद वेल्स गर्भपतनलाई अधिकार दिने अस्ट्रेलियाको अन्तिम राज्य हो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar