काठमाण्डौ – एप्पलले वर्ल्ड वाइड डेभलपर्स कन्फरेन्स (डब्लुडब्लुडीसी) मा आफ्नो नयाँ दुई ल्यापटप (म्याकबुक) सार्वजनिक गरेको छ ।
एम-२ चिपसहित म्याकबुक एयर – २०२२ र म्याकबुक प्रो – २०२२ मोडेल का ल्यापटपहरू सार्वजनिक गरेको हो। कम्पनीले सन् २०२० मा पहिलो सिलिकन चिप एम-१ सार्वजनिक गरेको थियो । हाल सार्वजनिक भएका म्याकबुक त्यसैको अपग्रेडेड संस्करण हुन। यो नयाँ चिपसँगै कम्प्युटरको सीपीयू र जीपीयूको कार्यसम्पादन क्षमता छिटो हुनेछ । म्याकबुकका नयाँ मोडलहरू अर्को महीनादेखि उपलब्ध हुनेछन्। म्याकबुक एयर – २०२२ को प्रारम्भिक मूल्य नेपाली १ लाख ९२ हजार रुपैयाँ र म्याकबुक प्रो – २०२२ को नेपाली २ लाख ८ हजार रुपैयाँ हुनेछ।
एप्पलले २०२० मा पहिलो एम – १ सिलिकन चिप लन्च गरेको थियो । एम – २ चिपसेट एम – १ चिपभन्दा धेरै शक्तिशाली हुने बताइएको छ । म्याकबुक एयर – २०२२ को सीपीयू मा १८ प्रतिशत बढि कार्यसम्पादन क्षमता रहेको छ भने ३५ प्रतिशत उच्च कार्यसम्पादन क्षमता हुनेछ । एम – २ चिपको सीपीयू १.९ गुणा र जीपीयू एम – १ चिपभन्दा २.३ गुणा छिटो हुनेछ। म्याकबुक एयर – २०२२ ३.६ इन्चको लिक्वीड रेटिना डिस्प्लेले हुनेछ। यसको डिस्प्ले साइज पनि बढाइएको छ। यसमा २ टीबीसम्म एसएसडी स्टोरेजर २४ जीबीसम्म र्याम हुनेछ। ल्यापटपमा १ हजार ८० पीक्सलको क्यामेरा हुनेछ। पुरानो संस्करणमा यो ७२० पीक्सल मात्रै थियो ।
यसमा सी – टाइप फास्ट चार्जिङ भएको म्याकबुकमा एप्पलले एक पटक चार्जमा १८ घण्टाको ब्याट्री ब्याकअप भएको दाबी एप्पल म्याकबुक एयर जस्तै, म्याकबुक प्रो – पनि एम – २ चिपसँग हुनेछ। यसमा २४ जीबी सम्मको र्याम र २ टीबी सम्मको स्टोरेज क्षमता रहेको छ । यसमा १३ इन्चको लिक्वीड रेटिना डिस्प्ले पनि छ। एप्पलले म्याकबुक प्रो – २०२२ ले एक पटक चार्जमा २० घण्टाको ब्याट्री ब्याकअप दिने दाबी गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar