धादिङ – गत जेष्ठ महिनाको धादिङ जिल्लाको सर्वोत्कृष्ट प्रहरीको उपाधी सन्तोष खड्काले पाएका छन् ।
प्रहरी चौकी क्यानेश्वर सिन्धुली दरबन्दी भई प्रहरी चौकी मलेखु धादिङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सन्तोष खड्का जेष्ठ महिनामा जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङले उनको कामको कदर गर्दै बेस्ट पोलिस अफ द मन्थ घोषणा गरेको हो ।
प्रहरी चौकी मलेखु अन्तर्गतको राजमार्ग, भित्रि सडक खण्ड तथा अन्य वडा क्षेत्रमा निरन्तर खटिई लागूऔषध ओसार पसार तथा सेवन र चोरी नियन्त्रणमा निरन्तर खटिई विभागिय मुल्य – मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी उत्कृष्ट एवं सिर्जनशील ढंगले कार्यसम्पादन गरिरहेको हुँदा उनीद्वारा सम्पादित उत्कृष्ट कार्यको उच्च मूल्यांकन गर्दै यसको निरन्तरताको अपेक्षा गर्दै अन्य प्रहरी कर्मचारीलाई समेत प्रोत्साहित गर्न खड्कालाई जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय धादिङले प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar