• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ५, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अनेमसंघ समाजवादीको अध्यक्षतामा मुनु सिग्देल सर्वसम्मत निर्वाचित

९ घण्टा अघि
२

इच्छाराज तामाङलाई थुनामा पठाउने उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर 

११ घण्टा अघि
३

साताको पहिलो दिन शेयर बजारमा गिरावट

१३ घण्टा अघि
४

प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

१३ घण्टा अघि
५

जलवायु परिवर्तनको असर न्यूनीकरण र पुनः निर्माणलाई प्राथमिकता दिन सांसदहरूको माग

१६ घण्टा अघि
६

जलवायु संकट विरुद्ध नेपालको आह्वान : सगरमाथा संवादबाट २५ बुँदे कार्ययोजना सार्वजनिक

१६ घण्टा अघि
७

साउदको सुझाव : बजेटले असमानता घटाउने दिशा लिनुपर्छ

१६ घण्टा अघि
८

कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम जेठ ५ गते प्रस्तुत हुने

१८ घण्टा अघि
९

झ्यापझ्याप बत्ती जाने सरकारको आयुको सङ्केत हो : सांसद दुर्गा राई

१८ घण्टा अघि
१०

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१९ घण्टा अघि
११

वीरगञ्जको परवानीपुर क्षेत्रमा नाला तथा ढलान निर्माण सुरु

२० घण्टा अघि
१२

कोहलपुरमा बृहत सरसफाई अभियान सम्पन्न

२० घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    २ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    २ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ३ दिन अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    २ दिन अघि
  • prev
    next

    अस्ट्रेलिया र क्रोएसिया पठाइदिने भन्दै ठगी

    न्युज डेस्कप्रकाशित मिति: २०७९ अषाढ ८, बुधबार (२ साल अघि)
  • ११५३ पाठक संख्या
  • baideshik rojgar

    काठमाण्डौ – अस्ट्रेलिया र युरोपेली राष्ट्र क्रोएसिया पठाइदिने भन्दै ५३ लाख रुपैयाँभन्दा बढी ठगी गरेर एक जना फरार भएका छन् ।

    क्रोएसियामा राम्रो रोजगारको अवसर भएको र कामदार माग भएको भन्दै बाराको सुवर्ण गाउँपालिका – २ स्थायी घर भई हाल ललितपुर बस्दै आएका दिनेश सुवेदी फरार भएका हुन् । क्रोएसियामा आफू पनि काम गर्न जाने भन्दै उनले ११ जनासँग ५३ लाख रुपैयाँभन्दा बढी रकम लिएर फरार भएपछि पीडितहरूको विचल्ली भएको हो ।

    फरार रहेका सुवेदीले नक्कली भिषा र नक्कली वर्क परमिटसमेत पठाएको भेटिएको छ । सुवेदीले रौतहटकी निरु तामाङ (सुवेदी), सिन्धुपाल्चोककी मनिषा लामा, प्युठानकी सकुन्तला घर्तीमगर, काभ्रेका साहिद शिवभक्ती, धादिङका टीकाराम तामाङ, धादिङकै राजवीर गुरुङ, बुटवलका राजबहादुर थापा, तेज न्यौपाने, धनबहादुर बगाले मगर, मालती नेपाल र मेरी नेपाललाई ठगी गरेका हुन् । उनीहरूसँग सुवेदीले ५३ लाख रुपैयाँभन्दा बढी रकम संकलन गरेका थिए ।

    सुवेदी ०७८ साल कात्तिकदेखि फरार रहेका छन् । सुवेदीको सकुन्तला घर्तीमगरसँग सामान्य चिनजान भएकी सिन्धुपाल्चोक घर बताउने जेनी स्यावामार्फत भेट भएको थियो । स्यावाले मेरो केटा साथी विदेशबाट आएका छन् भन्दै खाजा खान गोंगबु बसपार्क जाउँ भनी बोलाएको हुनाले गएको सुवेदीसँग भेट भएको सकुन्तलाले बताइन् । उनले भनिन, ‘सुवेदीले वैदेशिक रोजगारमा मानिसहरू पठाउने काम गर्ने गरेको र अन्य व्यक्तिसँग अस्ट्रेलिया पठाएको १७ लाख रुपैयाँ लिने गरेको भए पनि मलाई आठ लाखमै पठाइदिन्छु भनेर प्रलोभन देखाए । म पनि बेरोजगार भएको र राम्रो रोजगारीको खोजीमा भएकाले उनको कुरामा विश्वास गरेर सुरुमा २८ हजार रुपैयाँ र पासपोर्ट दिएँ ।’

    सकुन्तलाले पटकपटक गरी सुवेदीलाई ६ लाख १४ हजार रुपैयाँ दिएको बताइन् । ‘त्यसपछि पटकपटक गरी सुवेदीकै हातमा १ लाख २५ हजार नगद तथा पटकपटक गरी उनको एसबिआई बैंकमा रहेको खाता नम्बर १९२१५२४१४०४७७३ मा थप पैसा पठाएँ । उनलाई मैले आइएमईमार्फत पनि पैसा पठाएँ । मैले स्वास्थ्य परीक्षण, ओरिएन्टेसनसम्मको गरी उनलाई ६ लाख १४ हजार रुपैयाँ बुझाएँ’, उनले भनिन् । रकम लिइसकेपछि सुवेदीले मोबाइल अफ गरी सम्पर्कविहीन अवस्थामा रहेको गुनासो शकुन्तलाले गरेकी छन् ।

    यसैगरी पीडितमध्येकी अर्की युवती हुन्, निरु तामाङ (सुवेदी) । उनलाई करिव डेढ वर्ष पहिले उनै दिनेश सुवेदीले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएका थिए । त्यसपछि निरुले पनि सुवेदी थर देखेकाले आफ्नो श्रीमानतर्फको कोही नाताको मान्छे होला भनेर रिक्वेस्ट स्वीकार गरिन् ।

    ‘दिनेश सुवेदीसँग कुरा हुँदै जाँदा उनले वैदेशिक रोजगारमा मानिस पठाउने काम गर्ने गरेको र आपूm पनि क्रोएसिया हुँदै पोर्चुगल जान लागेकाले सस्तो खर्चमा पोर्चुगल जाने भए सँगै जाउँ भनेकाले विश्वासमा परी उनलाई पहिलो भेटमा नगद १ लाख २० हजार रकम र उनको प्रभु बैंकमा रहेको खातामा पटकपटक गरी ३ लाख ८० हजार गरी जम्मा चार लाख रुपैयाँ बुझाएँ’, निरुले भनिन् ।

    यसैगरी फरार रहेका सुवेदीले टीकाराम तामाङसँग ३ लाख ६० हजार र राजवीर गुरुङसँग ४ लाख २५ हजार रुपैयाँ लिएको पीडितहरूले बताएका छन् । फरार सुवेदीलाई मनिषा लामाले ६ लाख ४० हजार र साहिद शिवभक्तीले ५ लाख ४० हजार रुपैयाँ बुझाएको बताए ।

    यसैगरी तेज न्यौपानेले आठ लाख, मेरी न्यौपानेले दुई लाख, मालती नेपालले दुई लाख, वुटवलका राजबहादुर थापाले ६ लाख र धनबहादुर बगालेमगरले पाँच लाख रुपैयाँ बुझाएको बताएका छन् । ११ जनामध्ये नौ जना निरुभन्दा पछि सम्पर्कमा आएका हुन् भने शकुन्तला घर्तीमगर सुरुमै पैसा बुझाउने पीडित हुन् ।

    सुवेदीले केही समय पहिला भिषा आयो भनी पीडितहरूलाई पठाएकोमा ती भिषाहरू नक्कली रहेको समेत रहस्य खुलेको छ । पीडितहरूका अनुसार पासपोर्ट र पैसा तुरुन्तै फिर्ता गर्नुस्भन्दा अटेरी गरी बसेको र यही जनवरी १०, २०२२ का दिन दिल्लीबाट काठमाडौं आउने बसमा सकुन्तला घर्तिमगर बाहेकका अन्य पीडितहरूको पासपोर्ट काठमाडांै–दिल्ली बस काउन्टर स्वयम्भूमा पठाएका थिए ।

    ६ महिनाको अवधिमा सबै जनासँग पैसा लिएका सुवेदीले चार वटा सिम बोक्ने गरेको खुल्न आएको छ । दिनेश फरार हुनुभन्दा अगाडि दिनेशकी श्रीमती जमुना सुवेदीले पनि दुवईबाट कुरा गर्ने गरेको तर, दिनेश फरार भएपछि जमुनाले दिनेशसँग सम्बन्धविच्छेद भइसकेको भन्दै पीडितहरूलाई उल्टो थर्काएको समेत पीडितहरूले सुनाए । जमुना सुवेदीले दुबईमा ब्युटीपार्लर सञ्चालन गरिरहेकी छन् ।

    आफू ठगिएको थाहा पाएपछि प्रहरीमा गएका पीडितहरूले प्रहरीले पनि जाहेरी दर्ता नगरी वैदेशिक रोजगार विभागमा जान भनेको गुनासो गरे । पछि वैदेशिक रोजगार विभागले मुद्दा दर्ता गरेको छ । विभागले रकम लिएर फरार भएका दिनेश सुवेदीलाई पक्राउ गरेर उपस्थित गराउन पत्र पठाएपछि प्रहरीले खोजी गरेको थियो ।

    वैदेशिक रोजगार विभागले प्रहरीलाई लेखेको पत्रमा भनिएको छ, ‘वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका बारा जिल्ला कवहिगोठ गाविस–६ हाल परिवर्तित सुवर्ण गाउँपालिका–२ घर भई ललितपुर उपमहानगरपालिका–५ महालक्ष्मीस्थानमा लुकिछिपी बस्ने दलबहादुर सुवेदीको नाती, ज्ञानबहादुर सुवेदीको छोरा वर्ष ४० को दिनेश सुवेदीलाई खोजतलास गरी पक्राउ गरी यथासक्य वैदेशिक रोजगार ऐन २०६४ को दफा ६१ (५) बमोजिम अनुसन्धान कार्यमा सहयोग गरिदिनुहुन अनुरोध छ ।’

    बारा र ललितपुरमा खोजी गर्दा नभेटिएको भन्दै प्रहरीले वैदेशिक रोजगार विभागलाई पत्रसमेत पठाएको छ । पत्रमा प्रहरीले सम्भावित स्थानहरूमा खोजतलास गर्दा नभेटिएको उल्लेख गरेको छ । पीडितहरूले सुरुमा अपराध महाशाखा नयाँबानेश्वरमा पनि निवेदन दिएको बताए ।

    सुवेदीले फरार हुनुअघि प्रहरीलाई पनि रकम दिने गरेको पीडितहरूको आरोप छ । पीडितहरूलाई यतिबेला कहाँ कुन निकायमा जाने भन्ने अन्यौल भएको छ । प्रहरीले सामान्य तरिकाले खोज्दा नभेटिएको भनेपछि अबको विकल्प के भन्ने अन्यौल रहेको पीडितहरूले सुनाए । उनीहरूले यसरी रकम ठगेर खुलेआम घुमिरहेको भन्ने सूचना पाउँदा पनि प्रहरीले समाउन नसकेको र आफूहरूलाई थप पीडा भएको बताएका छन् ।

    फरार रहेका सुवेदीबाट ठगिएका अरू पनि पीडित भएको र सम्पर्कमा आउनेक्रम जारी रहेको एक पीडितले बताए । सुवेदीले फरार हुनुअघि प्रहरीदेखि सबैठाउँमा आफ्नो राम्रो पहुँच भएकाले मुद्दा मामिलामा नजान धक्याएको समेत एक पीडितले बताए ।

    यस विषयमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीसँग बुझ्दा उनले अनुसन्धान तथा पीडितलाई न्याय दिने विषयमा प्रहरी सधैँ तत्पर रहेको र कहीँ कतै लुकिछुपी बसेको जानकारी पाउनेबित्तिकै पक्राउ गरिने बताए । उनले भने, ‘नेपाल बाहिर भएको रकम ठगी मुद्दामा इन्टरपोलको सहयोग लिन मिल्दैन । फरार रहेको भनिएको व्यक्ति नेपाल आउने बित्तिकै प्रक्राउ गरिनेछ ।’ उनले गम्भीर प्रकृतिका घटनामा बाहेक इन्टरपोलको सहयोग लिन नमिल्ने बताए ।

    यसविषयमा वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले प्राथमिक रूपमा खोजतलासको काम भए पनि नभेटिएको जानकारी आएमा अब अर्को प्रक्रिया अगाडि बढ्ने बताए । उनले भने, ‘प्रहरीले भेटन नसकेको अवस्थामा मुद्दा निरन्तर अगाडि नै बढ्छ । यो व्यक्तिगत ठगीको मुद्दा भएकोले जाहेरी लिएर हामीले सुरुआती प्रक्रिया पूरा गरेर प्रहरीलाई पत्र लेखेका थियौँ । प्रहरीले खोज्दा अभियुक्त फेला नपरेको जानकारी दिएपछि अब सरकारी वकिल कार्यालयको रायअनुसार वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दर्ता हुन्छ र मुद्दा अदालत जान्छ ।’

    पौडेलले यो मुद्दा सरकारवादी भएकाले सरकारले नै लड्ने जानकारी पनि दिए । ‘सरकारवादी मुद्दा भएकोले यो मुद्दा सरकारले नै लड्छ । वैदेशिक रोजगार न्यायाधीकरण आपैmँले प्रहरीलाई पत्र लेखेर पक्रिया अगाडि बढाउँछ । कुनै कारबाही नगरी मुद्दा त्यत्तिकै सेलाउने भन्नेचाहीँ हुँदैन । पीडितको तर्फबाट विभागले नै मुद्दा लडिदिन्छ’, उनले भने ।

  • subhayug
  • अस्ट्रेलिया
  • क्रोएसिया
  • युरोपेली राष्ट्र
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • अनेमसंघ समाजवादीको अध्यक्षतामा मुनु सिग्देल सर्वसम्मत निर्वाचित

  • इच्छाराज तामाङलाई थुनामा पठाउने उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर 

  • साताको पहिलो दिन शेयर बजारमा गिरावट

  • प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 


  • समाचार
  • १

    अनेमसंघ समाजवादीको अध्यक्षतामा मुनु सिग्देल सर्वसम्मत निर्वाचित
    ९ घण्टा अघि

  • २

    इच्छाराज तामाङलाई थुनामा पठाउने उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर 
    ११ घण्टा अघि

  • ३

    साताको पहिलो दिन शेयर बजारमा गिरावट
    १३ घण्टा अघि

  • ४

    प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 
    १३ घण्टा अघि

  • ५

    जलवायु परिवर्तनको असर न्यूनीकरण र पुनः निर्माणलाई प्राथमिकता दिन सांसदहरूको माग
    १६ घण्टा अघि

  • ६

    जलवायु संकट विरुद्ध नेपालको आह्वान : सगरमाथा संवादबाट २५ बुँदे कार्ययोजना सार्वजनिक
    १६ घण्टा अघि

  • ७

    साउदको सुझाव : बजेटले असमानता घटाउने दिशा लिनुपर्छ
    १६ घण्टा अघि

  • ८

    कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम जेठ ५ गते प्रस्तुत हुने
    १८ घण्टा अघि

  • ९

    झ्यापझ्याप बत्ती जाने सरकारको आयुको सङ्केत हो : सांसद दुर्गा राई
    १८ घण्टा अघि

  • १०

    सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    १९ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    २ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

    subhayug
    २

    गाजाको ‘सुरक्षित क्षेत्र’ अल–मावासीमा इजरायली बमबारी : ३६ जनाको मृत्यु

    subhayug
    ३

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

    subhayug
    ४

    मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution