धादिङ । बुढीगण्डकी आयोजनाबाट प्रभावित स्थानियहरुले घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा पाएका डुवान क्षेत्रका बासिन्दाले बैंकले रकम झिक्नै नदिएको गुनासो गरेका छन् ।
बुढीगण्डकी वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्र्थापना इकाईले बैंक खातामा रकम पठाएको १५ दिन भइसक्दा पनि बैंकले रकम झिक्न नदिएको भन्दै डुवान प्रभावितले गुनासो गरेका हुन् ।
उता डुवान क्षेत्रका बासिन्दाले बैंकले रकम झिक्नै नदिएको गुनासो गरेपछी सोमबार बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले एक विज्ञप्ति जारी गर्दै बैंकहरुले मुआब्जा रकम खाताबाट झिक्न नदिएकामा आपत्ति जनाएको छ । संयोजक हरेराम ढकालले जारी गरेको विज्ञप्तिमा प्रश्न गरिएको छ, ‘आयोजना कार्यालयका जिम्मेवार अधिकारी र बैंक कर्मचारीको मिलेमतोमा कमिसनको खेल भएको त होइन ?’
सरोकार समितिले डुवानबासीलाई आफ्नो खातामा आएको मुआब्जा आफ्नो चाहना अनुसार प्रयोग गर्न दिन पनि आग्रह गरेको छ । बुढीगण्डकी वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्र्थापना इकाइले डुवान क्षेत्रका वासिन्दालाई आफ्नो घर, गोठ, संरचना र बोटविरुवाको के कति दररेटमा कति मुआब्जा आएको हो भन्ने सूचना नदिएको भन्दै सरोकार समितिले आपत्ति जनाएको छ ।
बुढीगण्डकी मुआब्जा, वातावरण, पुनर्बास तथा पुनस्र्थापना इकाइले डुवानबासीलाई आफ्नो घर गोठ, संरचना र बोटविरुवाको के कति दररेटमा कति मुआब्जा दिएको हो भनी जानकारी दिन अस्वीकार गर्नु गैरजिम्मेवारीपन हो’ समिति संयोजक हरेराम ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
डुवानबासीलाई आफ्नो घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा दररेट थाहा दिन र यदि घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा दिन छुटेको भए मुआब्जा पाउने सुनिश्चित गर्न पनि सरोकार समितिले माग गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar