धादिङ – गजुरी गाँउपालिका वडा नं. ३ पुराकसिङमा खुम्रेकिरा रोकथामका लागि पुराकसिङ खाद्य अधिकार प्रभावित समूहले गाउँपालिका गुहारेका छन् ।
महाभारत लेकको काँखमा पर्ने पुराकसिङमा मकै बाली खुम्रेकिराले नष्ट गर्नथाले पछि रोक थामका लागि गाउँपाकिलाको ध्यानाकर्ष गराएका हुन् । उनीहरुले गाउँपालिकालाई ध्यानाकर्ष गर्दै लेखेका छन् ।
यस गाउँमा २९ घरपरिवार मध्ये १३ परिवार तामाङ र १६ परिवार चेपाङ समुदायको बसोवास रहको गाँउमा २०३ जना मानिस बस्दै आएका छौ । यस गाँउ उत्तर मोडामा समुन्द्रि सतहदेखि करिव १,२०० मिटर उचाईमा अवस्थित बलौटे माटो रहेको भिरालो जमिन छ । यहाँका मानिसहरुमा खाद्यन्न अभाव छ । खाद्यन्न अभाव हुनुमा भएका जमिन बलौटे र भिरालो हुनु हो । अर्को मूख्य कारण रोपेको वालीमा खुम्रेकिरा लाग्नु हो । एक वर्ष मकै वालीमा र अर्को वर्ष कोदोवाली खुम्राकिराले खाई दिन्छ । पानी कम प¥यो भने मकै पोलेर खान पनि पाइदैन । कोदो पनि त्यही अवस्थामा पुग्छ ।
यस गाँउका मानिसहरुको आर्थिक अवस्था कमजोर रहेको छ । हामीहरुको जग्गाजमिनबाट उत्पादन भएका खाद्यन्नले ३ महिनादेखि ४ महिनासम्म खान मुस्किलले खान पुग्छ । बाँकी सयम ज्याला मजदुरी गरेर जीविका चलानुको विकल्प छैन । ज्याला गर्न गाँउमा सधै नपाउने भएकाले शहर बजार र केही युवाहरु वैदेशिक रोगारीका लागि खाडी मुलक सम्म पुग्नु पर्ने अवस्था छ । सामाजिक रुपमा पनि हामीहरु पछाडी नै रहेकाछौ । तामाङ र चेपाङहरुको मिश्रित बसोवार रहेको हाम्रो गाँउमा जातीय तथा लैगिक रुपमा विभेद छैन । सांस्कृतक रुपमा हामीहरु स्वतफुर्त आफ्नो धर्मअनुसारको रितिरिवाज, सांस्कृतिक निरन्तर चलिरहेको छ ।
संविधानमा खाद्य सुरक्षा, खाद्य अधिकार, खाद्य सम्प्रभुताको व्यवस्था भएको केही महिना अघि थाहा पायौ । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन २०७५ पनि आएको छ भन्ने जानकारी भयो । तर हामीलाई ति ऐन कानूनले छुदैन किन ? खुम्रेकिरा नलागेको वर्ष छ महिनासम्म खान पुग्छ । तर मकैमा खुम्रेकिरा लाग्ने वर्ष मकै पोलि खाना समेत पाएदैन । पहिला पहिला काठमाण्डौ गएर पाउडर ल्याएर मकै विउमा मोलार मकै रोप्दा कम मात्र क्षति हुने गरेको बाजेहरु बताउछन् । बाउहरुले पनि गजुरी बजारमा डाइडन भन्ने लगेर मोलेर मकै रोप्दा कमै क्षति भएको बताउदै आउनु भएको छ । तर अहिले त्यस किसिमका विषादी किन्न नपाँउदा हामीलाई खाद्यन्न अभाव हुदै आएको छ ।
खाद्यन्न किन्न ८ किलो मिटर दुरीमा रहेको बजार गजुरी जानु पर्छ । पैसा भए बजारमा जति पनि किन्न पाइन्छ । तर पैसा कमाउन हामीसंग रोजगारी तथा नियमिति आम्दानीको श्रोत छैन । जिविकोर्पाजनका लागि ज्यालामजदुरी खोज्न टाढाटाढा जानु पर्ने वाध्यता छ । काम छ माम छ । काम छैन माम पनि छैन भन्ने अवस्थामा हामी छौ ।
खुम्रेकिराको दिगो व्यवस्थापनको खोजी गदै प्लान्ट क्वारिन्टिन तथा विषादी व्यवस्थापन केन्द्र हरिहर भवन र वाली संरक्षण प्रयोगशाला हरिहर भवन गयौ । उहाँहरुले दिएको जानकारी अनुसार खुम्रेकिराको आयु ३ वर्ष हुने र जमिनमा २ मिटर तलसम्म गएर बस्ने भएकाले नियन्त्रण गर्न लामो समय लाग्ने बताउनु भएको छ । वाली संरक्षण पयोगशालाबाट स्थलगत अनुगमन पनि गरिसक्नु भएको छ । खुम्रेकिरा नियन्त्रण लाइट ट्¥यापबाट गर्दा दिगो समान हुने विज्ञहरुको सुझाव रहेकाले हामीसंग बत्ती समेत छैन । बत्ती भएपनि हामी ३/४ वर्ष सम्म बत्तीको पैसा तिर्न सक्ने अवस्था छैन ।
खुम्रेकिरा नियन्त्रण गर्दा लाग्ने खर्च सवै सरकारले तिर्ने व्यवस्था मिलाई हाम्रो खेतवारीमा लाग्ने ख्रुम्रे किरा नियन्त्रण गर्ने वातावरण मिलाई हाम्रो खाद्य अधिकार सुनिश्चित गरिदिन हुन अध्यक्षज्यु समक्ष ध्यानार्कषण पेश गर्दछौ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar