गजुरीचामबासका पहिरो पीडितद्धारा बस्ती सारिदिन सिडिओसमक्ष आग्रह
धादिङ – जिल्लाको गजुरी गाँउपालिका वडा नं. २ स्थित् चामबासका पहिरो पीडितहरुले बस्ती स्थानान्तरणको माग गर्दै गजुरी गाँउपालिका अध्यक्षसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।
बिहिबार चामबासका पहिरो पीडितहरुले गजुरी गाँउपालिकाको कार्यालयमा पुगि अध्यक्ष गणेशलाल श्रेष्ठ र उपाध्यक्ष शर्मिला बिशुरालसमक्ष सुरक्षित स्थानमा बस्ती स्थानान्तरणको माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् । गत २०७६ सालमा गएको पहिरोबाट चामवास बारविसेका २१ घरपरिवारको ९२ जना प्रभावित छन् ।
बारबिसेका २१ घरधुरी सबैको व्यथा उस्तै छ । कोही टेण्डमा त कोही पूराना जस्ताको ट्रस्ट बनाएर बस्न बाध्ये भएको पिडितहरुले बताएका छन् । गजुरी गाँउपालिकाको सहयोगमा उनिहरुले अर्काको जग्गा भाडामा लियर अस्थाई टहरा बनायर बस्नुपरेको उनिहरुको गुनाशो छ । यहि वर्ष मात्रै फेरेको टेन्ट पनि हावाहुरीले च्यातिदै गएको उनिहरु बताँउछन् । “पानी परेको बेला टेण्डमा पानी छिरेर बस्ने ठाउँ पनि हुन्न । सर्प, किराफट्याँग्रा लगायतका जनावर पनि टहराभित्रै पस्छ । बालबालिकालाई राख्न सुरक्षित ठाँउ छैन । बस्ने ठेगान छैन, खाने ठेगान छैन, बालबालिकाले पढ्न पाएका छैनन् ।” पिडित समुहकी संयोजक पञ्चमाया तामाङले बताईन ।
ज्ञापन पत्र बुझ्दै गाँउपालिका अध्यक्ष श्रेष्ठले पिडितहरुको समस्याबारे आफुलाई थाहा भएको र गाँउपालिकाबाट पुर्ण सहयोग गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । तीन तहको सरकार मध्ये मुख्य जिम्मेवारी आफ्नो रहेपनी बस्ती स्थानान्तरणका लागी प्रमुख जिल्ला अधिकारीले पहल गरिदिनुपर्ने भएकाले प्रमुख जिल्ला अधिकारीसमक्ष पनि आग्रह गर्ने उनले बताए । उक्त बस्तीको यसअघीका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधीहरु, प्रमुख जिल्ला अधिकारी तथा विभिन्न मन्त्रीहरुले समेत पटक पटक अनुगमन गरेको र प्रक्रिया पनि अघि बढेको जानकारी पाएको उनले बताए । त्यस्तै आगामी शनिबार पुनः उक्त स्थानमा फिल्ड भिजिट गर्नेपनि उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar