काठमाण्डौ – सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो गल्ति सुधारेको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्दा जारी गरेको विवरणपत्रमा समूह ‘ख’ सर्वसाधारण सेयरधनीहरुको समूहबाट २ जना सञ्चालकहरुको प्रतिनिधित्व हुने उल्लेख भएपनि सोमबार कम्पनीले प्रकाशन गरेको साधारणसभाको सूचनामा समूह ख बाट एकजना मात्र सञ्चालकको निर्वाचन हुने उल्लेख गरेपछी शुभयुग डट कम लगायतका संचारमाध्यममा सानिमा लाईफ इन्स्योरेन्सले यसरी खोस्दैछ लगानीकर्ताको अधिकार शिर्षकमा समाचार प्रकाशित् भएको थियो ।
शुभयुग डट कमसहितका संचारमाध्यमहरुमा समाचार प्रकाशन भएपछि सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो गल्ति सुधारेको हो । उक्त समाचार प्रकाशित भएपछि कम्पनीले पुनः सुचना प्रकाशन गरी सञ्चालक समितीमा समूह ख का २ जना सञ्चालकको निर्वाचन हुने जनाएको छ ।
अब सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको ७ सदस्यीय सञ्चालक समितीमा २ जना सर्वसाधारण समूहका सेयरधनीहरुको प्रतिनिधित्व हुनेछ । हाल कम्पनीको सञ्चालक समितीमा ५ जना सञ्चालकहरु रहेका छन् । ४ जना सञ्चालकले संस्थापक समूहको प्रतिनिधित्व गरेका छन् भने १ जना स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका हुन् ।
सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७८ साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । ग्रोलाप्रथाबाट वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar