काठमाण्डौ – बागमती प्रदेशसहित आज सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट सार्वजनिक गर्दैछन् ।
संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज बुधबार वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।
प्रदेश सरकारले आ-आफ्नो प्रदेश अनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउँदैछन् ।
सातवटै प्रदेश सरकारको चालु आवको बजेट २ खर्ब ६१ अर्ब रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar