काठमाण्डौ – नेकपा एमालेका नेता शेषकान्त गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गौतमले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक भएको बेला कर्मचारी नियुक्तिमा अनियमितता गरेको अख्तियारको ठहर छ । गौतमले बोर्डमा शैक्षिक योग्यता नमिल्ने व्यक्तिलाई नियुक्ति गरेर गैरकानुनी काम गरेको अख्तियारको दाबी छ ।
अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दाअनुसार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कृषि प्राविधिक र लेखापाल पदमा कर्मचारी नियुक्त गर्दा शैक्षिक योग्यता नमिल्ने कर्मचारी नियुक्त गरेको दाबी गरेको छ ।
आयोगले विहिबारी जारी गरेको विज्ञप्ति अनुसार २०७२ असोज २ गते गोरखापत्रमा प्रकाशित सुचना अनुसार विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेको थियो ।
गौतमले बोर्डको कार्यकारी निर्देशक पदपूर्ति समितिको संयोजक रही कृषि प्राविधिक र लेखापाल पदमा योग्यता नमिल्ने व्यक्तिलाई नियुक्ति गरेका थिए । गौतम नेकपा एमालेका नेतासमेत हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar