आँबुखैरेनी – सडक भासिएको मर्स्याङ्दी नदी किनारमा शव भेटिएका दुई पुरुषमध्ये एकजनाकाे सनाखत भएकाे छ ।
नदी किनारबाट प्रहरीले दुई जनाको शव फेला पारेको छ । मृतकमध्ये एकजना गोरखाको सिरानचोक गाउँपालिकास्थित छोप्राकका केशव घिमिरे रहेको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका – ४ साखर ड्याममा शुक्रबार बिहान ४ बजे भासिएको सडकबाट बा १० च ४६४९ नम्बरको कार र मोटरसाइकल खसेको थियो ।
मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए । कार मानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ । पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ ।
उक्त सडक भासिँदा दुईतर्फी सवारी आवगमन अवरुद्ध भएको छ । पहिरोका कारण सवारीसाधन बीचैमा राेकिँदा यात्रु अलपत्र परेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar