काठमाण्डौ – काठमाडौं महानगरपालिका र ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच १८ बुँदे सहमति भएको छ ।
बिहीबार राति भएको काठमाडौं महानगरपालिका र स्थानीय जनप्रतिनिधिबीच भएको बैठकमा फोहोर ढुवानी रातिमा मात्र गर्ने सहमति भएको छ। महानगरले रातिको लागि आवश्यक बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने प्रतिबद्धता जनाएको छ।फोहोर विसर्जनको अवरोध हटाइ शुक्रबारबाट लैजाने सहमति भएको छ।
यसैगरी सिसडोल तथा बन्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्ने सहमति भएको छ ।
सहमति पत्रमा फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिना भित्र मिलाउने,फोहोरमैला प्रभावित क्षेत्रको वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने र अध्ययनले दिएको कार्यहरु कार्यान्वयन गर्न पहल गर्ने, फोहोरमैला व्यवस्थापनमा संलग्न चालक तथा सहचालक तथा अन्य कर्मचारीहरुको महागरपालिकाले स्वास्थ्य विमा गर्ने उल्लेख छ।
यसैगरी असाध्यै रोग लागेका प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि महानगरबासिले प्राप्त गरे सरह उपलब्ध गराउने, फोहोरमैला व्यवस्थापनको कारण प्रभावित भएका क्षेत्रको विकास निर्माणका लागि काठमाडौ महानगरपालिकाले वार्षिक रुपमा बजेट विनियोजन गर्ने कार्यलाई निरन्तरता दिने, फोहोरलाई स्रोतमा वर्गीकरण गरी व्यवस्थापन गर्ने कार्यको जिम्मेवारी महानगरपालिकाको हुने सहमति भएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar