काठमाण्डौ – स्थानीय विकास तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि कार्यकक्षमै हातपात भएको छ ।
जनता समाजवादी पार्टी जसपाबाट मन्त्री रहेका श्रेष्ठमाथि उनकै दलका नेता तथा सांसद रामबाबु यादवले हातपात गरेका हुन् । बिहीबार मन्त्रीको कार्यकक्षमा भेटवार्ता लागि पुगेका सांसद यादवले आफूले सिफारिस गरेका योजनाहरु बजेटमा नपरेको भन्दै मन्त्रीमाथि आक्रोश पोखेका थिए । आक्रोस पोख्दै सांसद यादवले मन्त्री श्रेष्ठमाथी मुक्का हान्ने प्रयास गरेका थिए । यद्धपी अन्य सांसदहरुले छेकेपछी यादवले टेबल ठोकेका थिए ।
सांसद यादवसंगै जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि भेटमा सहभागी थिए । सांसद यादवले आफूले मन्त्रीमाथि हातपात नगरेको दाबी गर्दै आफ्ना कुरा नसुनेपछि टेबल ठोकेको भने स्वीकार गरेका छन् । ‘मेरा कुरा नसुनेपछि टेबल ठोकेको हुँ, मसँगै भएको पानीको बोतल पनि फालेँ, उहाँ पनि केके भनिरहनुभएको थियो’, उनले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar