धादिङ – धादिङको सिद्धलेक गाउँपालिकामा नेकपा एकिकृत समाजवादी पार्टीले नेकपा एमालेसंग तालमेल गरेको छ ।
गत स्थानिय तह निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसंग गठबन्धन गरी निर्वाचनमा उपाध्यक्ष पद जितेको नेकपा एकिकृत समाजवादीले पार्टी केन्द्र र जिल्ला तहको निर्देशनलाई बेवास्ता गर्दै गाँउ कार्यपालिका निर्वाचनमा एमालेसंग तालमेल गरेको हो ।
कार्यपालिका निर्वाचनमा एकिकृत समाजवादीले एमालेसंग तालमेल गरेपछी माओवादी केन्द्र र काँग्रेसले भने गठबन्धनलाई यथावत राखेको थियो । द्धय गठबन्धनबीच भएको निर्वाचनमा एमाले र एकीकृत समाजवादीको गठबन्धनले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गरेको छ । सत्ता गठबन्धनबाट गाउँपालिका उपाध्यक्ष जितेको एककिृत समाजवादी कार्यपालिकाका सदस्यको निर्वाचनमा एमाले सँग तालमेल गर्न पुगेपछि कांग्रेस र माओवादी केन्द्रले ६ जना नै सदस्य गुमाएको छ ।
६ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा ४ जना महिला तर्फ एमाले र एकीकृत समाजवादीको गठबन्धनबाट जुना सार्की, भगवती तिवारी, लक्ष्मी थपलिया र प्रेमकुमारी थापामगर विजयी भए । सार्की, थपलिया, थापामगर एमालेबाट र तिवारी एकीकृत समाजवादीबाट विजयी भएका हुन् । विजयी सबैले २०/२० मत ल्याएका थिए भने पराजित हुने खिनमाँया श्रीमल कांग्रेस, राममाया परियार कांग्रेस, सुन्तली विक कांग्रेस र सुक्लाकुमारी आलेमगर माओवादीले १६/१६ मत मात्रै पाएका थिए ।
यस्तै दलित तथा अल्पसंख्याकमा एमाले र एकीकृत समाजवादीको गठबन्धनबाट दुबै उम्मेदवार एकीकृत समाजवादीका श्याबहादुर घले र रस्मिता माझी विजयी भए घलेले २० मत र माझिले १९ मत ल्याएका थिए । भने पराजित माओवादीका मिना घले १६ , कांग्रेसका दिलबहादुर घलेले १७ मत पाएका थिए भने माओवादीका खिनबहादुर विुसुन्खेले शुन्य मै चित्त बुझाए ।
यस कार्यपालिकाको निर्वाचन सँगै कांग्रेस माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट पालिका अध्यक्ष बनेका कांग्रेस परशुराम खतिवडा अल्पमतमा परेका छन् । उनी सँग कांग्रेसको दुई वडा अध्यक्ष र माओवादीको दुई वडा अध्यक्ष सहित ५ जना कार्यपालिकामा देखिने छन् । यस्तै तीन दलिय गठबन्धनबाट उपाध्यक्षमा विजयी सविता अर्याल सँग आफु समेत एकीकृत समाजवादीको ४ सदस्य र एमालेको ३ वडा अध्यक्ष र ३ आज निर्वाचित सदस्य गरी १० सहित बहुमत सदस्य रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar