काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको सोमबार बसेको पहिलो बोर्ड बैठकले पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले गरेको ६ वटा निर्णयमध्ये यसलाई महत्वपूर्ण निर्णयको रूपमा हेरिएको छ । बैठक सञ्चालन गर्ने क्रममा मेयर बालेन्द्र साहले काठमाडौंको ढल मर्मत र टालटुल गर्न एम्बुलेन्स सञ्चालन गर्न लागिएको जानकारी गराए । उनले त्यसका लागि टाक्स फोर्स बनाउने पनि बताएका छन् ।
आवश्यकताका आधारमा महानगरपालिकाको समस्यासँग जोडिएका तालकुदार मन्त्रालयसँग तत्काल छलफल गर्ने पनि बोर्डले निर्णय गरेको छ ।मेयर बालेनले निर्वाचनको क्रममा जनतासँग सार्वजनिक गरेको प्रतिबद्धताअनुरूप उक्त निर्णय गरेका हुन् ।
महानगरपालिकाको सोमबार बसेको पहिलो बोर्ड बैठकले पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डले गरेको ६ वटा निर्णयमध्ये यसलाई महत्वपूर्ण निर्णयको रूपमा हेरिएको छ । एम्बुलेन्समा इन्जिनियरसहित निर्माण समग्री र औजार हुनेछ । वडावासीले कलसेन्टरमा दिएको गुनासोका आधारमा पहिचान गरी सो क्षेत्रमा एम्बुलेन्स पुग्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar