पोखरा – नेपाल नागरिक उड्डयन प्राधिकरणले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको बताएको छ ।
विमान दुर्घटनाबारे जानकारी गराँउदै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको बताएका हुन्। ‘राइट टर्न गर्नुपर्ने जहाजले लेफ्ट टर्न गरेर गएर भित्तामा ठोक्किएको प्रारम्भिक अध्ययनले देखाएको छ’, संसद्को अन्तर्राष्ट्रिय समितिको बैठकमा अधिकारीले भने।
उता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि घटनाबारे अनुसन्धान गर्न वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar