धनगढी – गाउँपालिकाको राजस्व हिनामिनासम्बन्धी ‘भ्रष्टाचार मुद्दा’ खेपिरहेका कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवीदत्त उपाध्यायले पदभार ग्रहण गरेका छन्।
‘भ्रष्टाचार मुद्दा’ खेपिरहेका नवनिर्वाचित् अध्यक्ष उपाध्यायले पदभार ग्रहण गरेका हुन्। माओवादीबाट उम्मेदवार रहेका उपाध्यायलाई निर्वाचित भएपछि निर्वाचन आयोगले शपथ नगराउन निर्देशन दिएको थियो। पहिलोपटक आयोगले शपथ नगराउन निर्देशन दिए पनि त्यसपछि भने कानुनसम्मत गर्नू भनेर पत्र आएकाले मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत कैलालीका न्यायाधीश एवं कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले उपाध्यायलाई जिल्ला अदालतमै शपथ गराए।
गत साता सार्वजनिक भएको मोहन्याल गापाको मत परिणामअनुसार ३ हजार १३४ मत प्राप्त गर्दै उपाध्याय अध्यक्षमा निर्वाचित भएका हुन्। प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनी ४ सय १९ मतान्तरले विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धरम थापामगरले ३ हजार ७१५ मत प्राप्त गरेका थिए।
उपाध्याय २०७४ को निर्वाचनमा गाउँपालिका ७ का वडाध्यक्ष थिए। गाउँपालिकाका तत्कालीन अध्यक्ष नवलसिंह रावलसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजश्व हिनामिनासम्बन्धी मुद्दा दायर भएको थियो। गापाका तत्कालीन अध्यक्ष रावलको भने मृत्यु भइसकेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar