काठमाण्डौ – संघीय संसदको प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्ने भएको छ ।
आजको सदनमा राट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत नीति तथा कार्यक्रमाथि पेस हुने संशोधन प्रस्तुत गर्दै छलफल सुरु हुने कार्यसूचीय संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ ।
सम्भावित कार्यसूची अनुसार जेठ १० गते प्रस्तुत नीति तथा कार्यक्रमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्नेछन् । त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
बैठक बिहान ११ बजे प्रतिनिधिसभाको सभाहल नयाँ बानेश्वरमा बस्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar