काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत स्थानीय तह चुनावमा पराजयको प्रमुख कारण अन्तर्घात भएको प्रतिक्रिया दिएका छन् ।
बुधबार, एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटकको चुनावमा अन्य दलको कारण नभई एमालेभित्र अन्तर्घात भएको कारण धेरै ठाँउमा पराजय भोग्नुपरेको बताएका हुन् । ‘कांग्रेस, माओवादी र माधवकुमार नेपालको पार्टीमा होइन यसपटक एमालेमा अन्तर्घात भयो । कहाँबाट सिके यस्तो यस विषयमा बृहत्रुपमा समीक्षा गरिनुपर्छ,’ अध्यक्ष ओलीलाई उद्धृत गर्दै सांसद नवीना लामाले भनिन्, ‘चार – चार वटा महानगरपालिकामा हामीले उपमेयरमा जित्यौं तर मेयर जित्न सकेनौं । यो अन्तर्घातको कारणले हो ।’
वैशाख ३० गते भएको स्थानीय तहको चुनावी परिणाम सार्वजनिक भएपछि अध्यक्ष ओलीले पहिलो पटक प्रतिक्रियता दिएका हुन् । ओलीले सत्ता गठबन्धनले सत्ता दुरुपयोग गरेर पनि चुनावी परिणामलाई आफ्नो पक्षमा पारेको आरोप लगाए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar