चितवन – चितवनको कालिका नगरपालिकाका पुर्व मेयर खुमनारायण श्रेष्ठ (गोपि)का स्वकिय सचिवका रुपमा कार्यरत् दिपक लामिछानेमाथी अकुत सम्पती आर्जन गरेको भन्दै छानबिन गर्न माग गरिएको छ ।
एमाले कालिका नगरका उपाध्यक्ष लामिछाने विरुद्ध अकुत सम्पती आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौंमा उजुरीसमेत परेको छ । लामिछाने नगरपालिकाको कम्प्युटर अपरेटर पदमा करार नियुक्ति भई ५ बर्ष मेयर श्रेष्ठको स्वकिय सचिवका रुपमा काम गरेका थिए ।
उनीमाथी पालिकामा रहेर विभिन्न बिकास निर्माण तथा योजनाबाट मोटो रकम कमिशन असुल गरि घर, घडेरी, जग्गा जमिन जोडेको तथा विभिन्न कम्पनी हरुमा शेयर हात पारेको आरोप लागेको छ । त्यस्तै उनीमाथी नगरपालिकाको सरकारी गाडी सबैभन्दा धेरै दुरुपयोग गरेकोसमेत आरोप लागेको छ । यसअघीपनी ब्यक्तिगत काम र ससुराली, आफन्तकोमा आउजाउमा नगरपालिकाको सरकारी गाडी प्रयोग गरेको उनिमाथी आरोप लाग्दै आएको थियो ।
एमालेबाट निर्वाचित् मेयर गोपीको पदावधी सक्किसक्दापनी हाल उनी नगरपालिकाको कम्प्युटर अपरेटरका रुपमा नगरपालिका कार्यालयमा कार्यरत् छन् । एमालेका स्थानिय नेता रहेका उनी नगरपालिकाका मेयरमा पुनः एमालेबाटै बिनोद रेग्मी निर्वाचित् भएसंगै फुर्तिफार्ती देखाउन थालेका छन् । त्यस्तै बिगत ४ बर्षदेखि उनले सरकारी पल्सर मोटरसाइकललाई ब्यक्तिगत नम्बर प्लेट हालेर दुरुपयोग समेत गर्दै आएका छन ।
लामिछानेले सार्वजनिक बिदाको दिन र निर्वाचनको समयमा पनि उक्त बाईक दुरुपयोग गरेका थिए । अकुत सम्पती आर्जनमा पुर्व मेयरको समेत सहयोग रहेको भन्दैमेयर श्रेष्ठ र लामिछाने विरुद्ध अख्तियारमा मंगलबार मुद्दा दर्ता गरिएको एक स्थानियले बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar