काठमाण्डौ – पहिलोपटक निर्वाचनमा भाग लिँदै गरेको दल नेकपा (एकीकृत समाजवादी)बाट प्रमुख पदमा निर्विरोध निर्वाचित हुनेमा अहिलेसम्म अगाडि देखिएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार ७५३ स्थानीय तहमध्ये दुईवटा गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, उक्त पार्टीबाट ६ जना वडाध्यक्ष , १२ खुल्ला सदस्य, ७ महिलासदस्य, ६ जना दलित महिलासदस्य गरी कूल ३४ जना निर्विरोध निर्वाचित भएका छन् । त्यसपछि प्रमुख पदमा निर्विरोध निर्वाचित हुनेमा एमाले दोस्रोमा देखिएको छ । तर, संख्याका आधारमा हेर्ने हो भने एमाले निर्विरोध निर्वाचित हुने पहिलो दल बनेको छ । एमालेबाट एक गाउँपालिका अध्यक्षसहित गाउँपालिका उपाध्यक्ष – २, वडाध्यक्ष – १४, खुला सदस्य – २६, महिला सदस्य – २३, दलित महिला सदस्य – ५७ गरी कुल १२३ जना निर्विरोध निर्वाचित भएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar