काठमाण्डौ – अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आइपिओ जारी गर्न अनुमति पाएको छ।
कम्पनीले सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५ सय कित्ता सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले आफ्नो कुल चुक्ता पुँजीको २४.५० प्रतिशत आइपिओ जारी गर्न दिएको निवेदन नेपाल धितोपत्र बोर्डले वैशाख ७ गते अनुमति दिएको हो ।
अपर सोलु हाइड्रोले पहिलो चरणमा स्थानीय र त्यसपछि अन्य सर्वसाधारणहरूको लागि सेयर जारी गर्ने भएको हो।कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।
अपर सोलु हाइड्रो कम्पनी पहिलो पटक सन् २०१० मे २८ तारिखदेखि एक निजी कम्पनीको रूपमा सञ्चालनमा आएको हो । पछि सन् २०१७ अप्रिल १४ तारिखदेखि भने यसलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो । हाल कम्पनीले सोलुखुम्बु जिल्लामा २३.५ मेगावाटको सोलु एचइपी सञ्चालन गरिरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar