काठमाण्डौ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) र दराज अनलाइन सपिङबीच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ ।
बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायव महाप्रबन्धक मुकुन्द सुवेदी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसिप प्रमुख अरुण फुयालले हस्ताक्षर गरेका हुन् ।
बैंकको कार्ड प्रयोगकर्ताहरुले नेपाली नयाँ वर्षको उपलक्ष्यमा ‘नववर्ष २०७९ अभियान २०७८ चैत २८ को दिनदेखि सीमित समयको लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १ हजार पाँच सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछन् ।
उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई – कमर्स सक्रिय गर्नुपर्ने बैंकले जनाएको छ। ग्राहकहरूलाई आफ्नो कार्डमा ई – कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आवेदन दिन पनि बैंकले अनुरोध गरेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar