धादिङ – नागढुंगा – मलेखु – मुग्लिन सडक खण्डमा २४ वटा नयाँ पुल निर्माण गरिने भएको छ ।
सडक विस्तार र सुधारका क्रममा रहेको उक्त सडकमा दुई/दुई लेनका पुल निर्माण गर्न लागिएको हो । हाल सो सडक खण्डमा २७ पुल छन् । तीमध्ये तीन वटा पुल नयाँ र फराकिला भएकाले त्यहाँ नयाँ पुल आवश्यक नभएको नागढुंगा – मलेखु – मुग्लिन सडक आयोजनाले जनाएको छ । पुराना पुल भएका स्थानमा तिनलाई मर्मत गर्नाका साथै नयाँ पुल पनि निर्माण गर्न लागिएको हो ।
सडकसँगै पुल निर्माण तीन वर्षमा सम्पन्न गरिने आयोजनाका प्रमुख किरण कार्कीले बताए । ‘सडकसँगै पुल निर्माण र मर्मत अघि बढाइनेछ’, उनले भने । पुराना पुल दुई लेनको रहेकामा नयाँ निर्माण हुन लागेको पुल पनि दुई/दुई लेनकै बनाइनेछ । अधिकांश स्थानमा तीन लेन र बजार क्षेत्रमा चार लेनको सडक निर्माण भइरहेको उक्त आयोजनाले जनाएको छ । सडक जत्तिकै चौडा पुल निर्माण भएपछि सवारी चाप व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।
नागढुंगा चेकप्वाइन्टबाट सुरु भएर चितवनको मलेखुसम्मको सडकले काठमाडौं, धादिङ र चितवन गरी तीन जिल्लालाई समेट्छ । यो सडक विस्तारभन्दा पनि सुधारका काम बढी हुने विभागले बताउँदै आएको छ । सबैभन्दा बढी सवारीसाधन भित्रिने र बाहिरिने नाका भएकाले सडकको सुरक्षाका लागि आवश्यक निर्माणमा ध्यान दिइनेछ र मोड सुधार गर्ने, पुल पनि थपिनेलगायत काम गरिनेछ ।
यो खण्डको अधिकांश स्थानमा सडक झण्डै १० देखि ११ मिटरसम्म चौडा हुनेछ । ‘डेडिकेटेड’ दुई लेनमा चौडाइ सात मिटर हुनेछ भने त्यसमा दायाँबायाँ एकएक मिटर गरी दुई मिटरमा ‘सल्जर’ निर्माण हुनेछ । यसले गर्दा सडक सुरक्षित हुने, गाडी बिग्रिएमा पार्किङ गर्न मिल्ने र अत्यावश्यक समयका लागि प्रयोग गर्न सकिनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar