धादिङ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले धादिङको विकट वस्ति तिप्लिङमा एक वर्ष भित्र कालोपत्रे सडक पुर्याउने बताएका छन् ।
शुक्रबार खनियावास र रुवीभ्याली गाउँ संगठन कमिटिको अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष समेत रहेका पाण्डेले लापा र तिप्लिङमा यो वर्ष मोटरबाटो पुर्याउने र अर्को वर्ष कालोपत्रे गर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै पाण्डेले आउदै गरेको स्थानीय निर्वाचनमा गठबन्धन कायम गरेर चुनावी प्रक्रियामा सहभागि हुन स्थानीय नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
समाजवादीको चुनावी प्रचार कार्यक्रम अन्र्तगत भईरहेको कार्यक्रमलाई सम्बोधन गर्दै पोलिट व्युरो सदस्य गुरु प्रसाद बुर्लाकोटीले एकिकृत समाजवादीलाई आशा, भरोशा र विश्वास गर्दै सयौं युवाहरु प्रवेश गरिरहेको बताए ।
चुनावी कार्यक्रम अनुशासन आयोगका सदस्य कृष्ण अर्याल, बागमती प्रदेश सदस्य भवानी थापा, सविता अर्याल लगाएत सहभागि थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar