काठमाण्डौ – गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओको सरुवा गरेको छ ।
मन्त्रालयका अनुसार बर्दियामा बन्धुप्रसाद बास्तोला, प्युठानमा सुनिता नेपाल र अर्घाखाँचीमा शशिधर घिमिरेलाई प्रजिअको जिम्मेवारी दिइएको छ । त्यस्तै कपिलवस्तुमा धर्मेन्द्रकुमार मिश्रलाई प्रजिअको जिम्मेवारी दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।
बर्दियामा कार्यरत सन्तबहादुर सुनारलाई कसुरजन्य सम्पति व्यवस्थापन विभागमा, कपिलवस्तुमा कार्यरत चक्रपाणि पाण्डे र प्युठानमा कार्यरत खिमराज भुसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको पोखरेलले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar