• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ बैशाख २९, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने महिला काठमाडौंबाट पक्राउ

७ घण्टा अघि
२

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

७ घण्टा अघि
३

दिलीप स्मृति तेक्वान्दो डोजोङलाई च्याम्पियनको उपाधि

७ घण्टा अघि
४

अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति

७ घण्टा अघि
५

गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता

८ घण्टा अघि
६

जिम्मेवारी हेरफेरले युवा संघमा तीव्र विवाद

९ घण्टा अघि
७

१७ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति

९ घण्टा अघि
८

माछा मार्ने क्रममा करेन्ट लागेर मिक्लाजुङकी युवतीको मृत्यु

२१ घण्टा अघि
९

दरबारमार्गमा हरिहरपुरगढीको तरबुजा : १० हजार किलो बिक्री

२२ घण्टा अघि
१०

झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

१ दिन अघि
११

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

१ दिन अघि
१२

महिला विश्वकपमा ४८ टोली

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    १ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    २ हफ्ता अघि
  • oli with us ldr ४

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    १ हफ्ता अघि
  • gagan dai ५

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    १ हफ्ता अघि
  • bagmati pro photo ६

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ३ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ७

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    २ हफ्ता अघि
  • tapkram ८

    तापक्रममा तीव्र उतारचढाव : नेपालजस्ता मुलुकहरू बढी जोखिममा

    १ हफ्ता अघि
  • झठटछ ९

    नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा

    १ हफ्ता अघि
  • janjati mahasangh press १०

    जनजाति महासंघ (समाजवादी) को दोस्रो महाधिवेशन भोलीदेखी

    १ हफ्ता अघि
  • prev
    next

    जनमैत्री अस्पताल : अर्थमन्त्री शर्माद्धारा सुटुक्क बिक्री , पूर्वजनमुक्ति सेनाको लगानी अव के होला !

    न्युज डेस्कप्रकाशित मिति: २०७८ चैत्र १६, बुधबार (३ साल अघि)
  • ९५९ पाठक संख्या
  • janamaitri

    काठमाण्डौ – पूर्वजनमुक्ति सेनाहरूको लगानीमा बालाजुमा खुलेको जनमैत्री अस्पताललाई अर्थमन्त्री जनार्दन शर्माले सुटुक्क बेचिदिएका छन् ।

    तत्कालीन नेकपा माओवादीले संचालन गरेको सशस्त्र युद्धमा सहभागी भएका जनमुक्ति सेनाले माओवादी शान्तिप्रक्रियामा आएपछि रकम जम्मा गरेर उक्त अस्पतालको स्थापना गरेका थिए ।  जनमैत्री फाउन्डेसनको नामबाट सञ्चालित उक्त अस्पताललाई जनमुक्ति सेनाका तत्कालीन डेपुटी कमान्डर समेत रहेका अर्थमन्त्री शर्माले केही माओवादी नेताहरुकै मिलेमतोमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, उद्योगी एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठलाई एक अर्ब २५ करोड रुपैयाँमा बेचेका छन् ।

    स्रोतका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै परामर्शमा अर्थमन्त्री शर्मा, माओवादी नेता वर्षमान पुन र बलदेव खनालले अस्पताललाई राज्यमन्त्री श्रेष्ठ, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा र व्यवसायी उमेश पाण्डेको समूहलाई बेचेका हुन् ।

    जनमुक्ति सेनाहरुले शिविरमा रहँदा आफू र आफ्नो परिवारलाई उपचार गराउन सहज होस् भनी २०६४ सालमा आफूले पाउने तलबभत्ताबाट मासिक एक हजार रुपैयाँ जम्मा गरी अस्पताल सञ्चालनमा ल्याएका थिए । जनमुक्ति सेनाका तत्कालीन डेपुटी कमान्डरहरू शर्मा, पुन र खनालले नै अस्पताल स्थापना गर्नको लागि शिविरमा रहेका सबै सेनाको मासिक भत्ताबापतको रकम कटाएर जनही एक हजार रुपैयाँका दरले रकम जम्मा गरेका थिए । उनीहरुले विभिन्न शिविरमा रहेका सेनाहरुबाट १० करोड रुपैयाँ जम्मा गरेका थिए भने अस्पताल खोल्न नपुगेको बाँकी रकम पार्टीका शीर्ष नेताहरुले उपलब्ध गराएका थिए ।

    अस्पताल निर्माणको लागि रकम जोहो गर्न खटेका तीनै डेपुटी कमान्डरहरुले अहिले सुटुक्क अस्पताल बेचिदिएका हुन् । बालाजु औद्योगिक क्षेत्रभित्र तत्कालीन कपडा उद्योगको चार रोपनी क्षेत्रफलमा रहेको यो अस्पताल सञ्चालनमा आएको केही समयपछि नै व्यवस्थापनको कमजोरीको कारण घाटामा गएर बन्द भएको थियो । अस्पतालको व्यवस्थापनको जिम्मा शर्मा, पुन र खनालले नै लिएका थिए । घाटामा गएर लामो समय बन्द रहेको सो अस्पताललाई सरकारले कोभिड – १९ विशेष अस्पताल बनाएर सञ्चालनमा ल्याएको हो ।

    कोभिड अस्पतालका नाममा सञ्चालनमा ल्याएपछि शर्मासहितको समूहले श्रेष्ठको समूहलाई बेचेका हुन् । उक्त अस्पताल खरिद गर्नकै लागि पूर्वअर्थमन्त्री डा. खतिवडा र राज्यमन्त्री श्रेष्ठले सेटिङ मिलाएर बन्द रहे पनि कोभिड अस्पतालको रुपमा चलाउने निर्णय गराएका थिए । शर्माको समूहले अस्पताल बेचेपछि पूर्वजनमुक्ति सेनाहरु असन्तुष्ट बनेका छन् । साथै उनीहरुले फाउन्डेसनमा अनियमितता भएको भन्दै वित्तीय विवरण सार्वजनिक गर्न माग गरेका छन् । स्रोतका अनुसार उनीहरुले अस्पतालमा आफूहरुको ठूलो लगानी रहेकाले हिसाबकिताब सार्वजनिक नगरे आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् । यसअघि पनि सो अस्पतालमा पूर्वजनमुक्ति सेनाले ताला लगाएका थिए ।

    यस्तै पूर्वजनमुक्ति सेनाहरूले राज्यमन्त्री श्रेष्ठसँग पनि अस्पतालको हिस्सा पाउनुपर्ने माग राख्दै आएको स्रोतको दाबी छ । आफूहरूलाई हिस्सा नदिए अस्पताल सञ्चालन गर्न नदिने उनीहरुले बताएका छन् । राज्यमन्त्री श्रेष्ठले अर्थमन्त्री शर्मालाई अस्पतालको सबै रकम बुझाए पनि पूर्वजनमुक्ति सेनाले विवाद सिर्जना गरेका कारण अर्थमन्त्री शर्माले भने सबै कागजात श्रेष्ठलाई बुझाउन नसकेको स्रोतको दाबी छ । हाल सय शय्यामा सञ्चालित अस्पताललाई स्तरोन्नति गरी दुई सय शय्याको बनाउने तयारी श्रेष्ठको समूहले गरे पनि कागजात नभएको कारण अलमलमा परेको बताइएको छ ।

    अस्पतालसँगै बालाजुको ठेगानामा जनमैत्री फाउन्डेसन इन्स्टिच्युट अफ हेल्थ साइन्स पनि खोलिएको छ । यसको पठनपाठन भने ललितपुरको हात्तीवनस्थित लिटल एन्जेल्स कलेजको हातामा हुँदै आएकोले श्रेष्ठले अस्पतालभन्दा पनि कलेजमा आँखा लगाएर अस्पताल खरिद गरेको जनमुक्ति सेनाको आरोप छ । राज्यमन्त्री श्रेष्ठ लिटल एन्जेल्सका सञ्चालक समेत हुन् । साथै अस्पतालको नाममा नागार्जुनसँगैको मुड्खुमा पनि ९० रोपनी सरकारी जग्गा ९९ वर्षका लागि लिजमा लिइसकेको बताइएको छ ।

  • subhayug
  • अर्थमन्त्री
  • अर्थमन्त्री जनार्दन शर्मा
  • जनमैत्री अस्पताल
  • जनार्दन शर्मा
  • पूर्वजनमुक्ति सेना
  • बालाजु
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने महिला काठमाडौंबाट पक्राउ

  • सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

  • दिलीप स्मृति तेक्वान्दो डोजोङलाई च्याम्पियनको उपाधि

  • गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता


  • समाचार
  • १

    पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने महिला काठमाडौंबाट पक्राउ
    ७ घण्टा अघि

  • २

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    ७ घण्टा अघि

  • ३

    दिलीप स्मृति तेक्वान्दो डोजोङलाई च्याम्पियनको उपाधि
    ७ घण्टा अघि

  • ४

    अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति
    ७ घण्टा अघि

  • ५

    गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता
    ८ घण्टा अघि

  • ६

    जिम्मेवारी हेरफेरले युवा संघमा तीव्र विवाद
    ९ घण्टा अघि

  • ७

    १७ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति
    ९ घण्टा अघि

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर मिक्लाजुङकी युवतीको मृत्यु
    २१ घण्टा अघि

  • ९

    दरबारमार्गमा हरिहरपुरगढीको तरबुजा : १० हजार किलो बिक्री
    २२ घण्टा अघि

  • १०

    झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    १ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति

    subhayug
    २

    गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता

    subhayug
    ३

    महिला विश्वकपमा ४८ टोली

    subhayug
    ४

    भारत र पाकिस्तानको युद्धविरामपछि पनि भारतीय वायुसेनाले भन्यो– ‘अपरेशन सिन्दूर’ अझै जारी छ

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution