काठमाण्डौ – सेयर बजार निरन्तर ओरालो लाग्ने क्रम जारी छ।
आज पनि नेप्से परिसूचक दोहोरो अंकले घटेर २५२७.५८ विन्दुमा अडिएको छ। सूचक १४.२६ अंकले ओरालो लागेसँगै कारोबार रकम पनि डेढ अर्बमा सिमित भयो। सेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरु भने निरास भएका छन्। लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा पुगेका छन्।
सेयर बजार विज्ञ भने यस्तो बेलामा विचार पुर्याएर लगानी गर्नुपर्ने सुझाब दिन्छन्। बजार घटेको समयमा सेयर बिक्री गर्नु भन्दा खरिद गर्दा जोखिम कम हुने उनीहरु बताउँछन्।
आज २२५ कम्पनीको ३८ लाख ९० हजार १३१ कित्ता सेयर १ अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरमा कारोबार भयो। यसअघि दोस्रो कारोबार दिन (सोमबार) सेयर बजार ३०.४३ अंकले घटेको थियो। सो दिन २३१ कम्पनीको ४९ लाख ५८ हजार ९१४ कित्ता सेयर २ अर्ब ५४ करोड ५३ लाख बराबरमा खरिदबिक्री भयो ।
त्यसअघि कारोबारको पहिलो दिन (आइतबार) नेप्से ४१.४१ अंकले ओरालो लागेर २५७२.२६ विन्दुमा बन्द भएको थियो। सो दिन ४ अर्ब ९८ करोड ९५ लाख बराबरको सेयर कारोबार भएको थियो। यसदिन सेन्सेटिभ इण्डेक्स पनि २.१५ अंकले घटेर ४७१.९३ विन्दुमा झरेको छ।
कारोबार घटेपनि ३ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। इमर्जिङ नेपालको १० प्रतिशतले, नेस्डो समृद्धि लघुवित्तीय वित्तको ९.९९ प्रतिशत र राष्ट्र उत्थान लघुवित्तको ९.९९ प्रतिशतले सूचक बढेको हो। कारोबार आएका १३ समूहमध्ये १२ समूहको सूचक ओरालो लागेको छ। जीवन विमाको सर्वाधिक १.५२ प्रतिशतले सेयर मूल्य घटेको हो। यस्तै अन्यको ०.९९, जलविद्युतको ०.५५, लघुवित्तको ०.६९, बैंकिङको ०.३४ प्रतिशतले सेयर मूल्य ओरालो लाग्यो।
१२ समूहको सूचक ओरालो लाग्दा होटल तथा टुरिजम समूहको सूचक ०.८३ प्रतिशतले बढ्यो। यसदिन कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रह्यो। सो कम्पनीको ७ करोड ९१ लाख ९९ हजार ५१ रुपैयाँमा सेयर खरिदबिक्री भयो। यस्तै ७२ लाख रुपैयाँको सेयर कारोबार गरी ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रह्यो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar