काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२२ रुपैयाँ १६ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १२ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ७० पैसा र बिक्रीदर १६० रुपैयाँ ४९ पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४३ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar