काठमाण्डौ – नेपाली कांग्रेसले आगामी स्थानिय तहको निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन गर्ने बताएको छ ।
आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा.प्रकाससरण महतले, आगामी स्थानीय तहको निर्वाचनमा आवश्यकताको सिद्धान्तको आधारमा गठबन्धन गर्ने जानकारी दिएका हुन् ।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यले गठबन्धनको आवश्यकता औँल्याएको जानकारी दिँदै उनले पार्टीको चुनाव प्रचारप्रसार अभियानमा जिल्लामा खटिएका केन्द्रीय सदस्यहरुले पनि गठबन्धनसहित चुनाव लड्नुपर्ने सुझाव दिएको बताए ।
‘बढीभन्दा बढी सफलता हासिल गर्न हामी निर्वाचनमा जाने हो । कतिपय ठाउँमा समझदारी गरेर पनि गठबन्धनमा जानुपर्ने साथीहरुको मत छ । भोलिसम्ममा छलफल गरेर कस्तो मोडालिटी र ढाँचामा चुनावमा जानुपर्छ भन्ने निर्णय गर्छौँ,’ प्रवक्ता डा. महतले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar