काठमाडौं – आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४ अङ्कले घटेको छ ।
कारोबार बढेर सुरु भए पनि अन्तिम समयमा १४ अङ्कले घटेर बन्द भएको हो । १४ अङ्कले घटेसँगै परिसूचक २६ सय १६ अङ्कमा आइपुगेको छ । यसक्रममा आज २ अर्ब २७ करोड रुपैयाँ बराबरको ४२ लाख ८७ हजार कित्ता बराबरको सेयर खरिदबिक्री भएको छ । परिसूचक घटेको दिन लगानी समूहबाहेक सबै समूहमा गिरावट आएको छ ।
लगानी समूह १.४४ अङ्कले बढेको छ । यसबाहेक, जीवन बीमा समूह १९७ अङ्कले घटेको छ भने निर्जीवन बीमा समूह ७४ अङ्कले घटेको छ । यसैगरी, उत्पादनमूलक समूह ६८ अङ्कले घटेको छ भने होटल एण्ड टुरिजम समूह ६३ अङ्कले घटेको छ । बजार घटेपनि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६२५ रुपैयाँ पुगेको छ ।
यस्तै, इमर्जिङ नेपालको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दै प्रतिकित्ता ५१९ रुपैयाँ पुगेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar