धादिङ – नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एमाले अध्यक्ष केपी ओलीको सर्वसत्तावाद बिरुद्ध आफुहरु उभिन बाध्य हुनुपरेको स्पष्ट पारेका छन् ।
शनिवार, धादिङको धुनिवेशीमा आयोजित् पार्टीको नगर अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले ओलीको सर्वसत्तावाद बिरुद्ध उभिन बाध्य हुनु परेको स्पष्ट पारेका हुन् । पाण्डेले, ओलीले पार्टीलाई व्यक्तिगत कोठरी बनाएर आफ्ना मान्छे भर्ती केन्द्र बनाउन थालेपछी आफुहरु त्यहाँ रहन नसकेकोसमेत स्पष्ट पारेका छन् ।
‘ओलीको गोजीमा पार्टी केन्द्रिय कमिटी रह्यो’, पाण्डेले भने – ‘हामी अब सुधृढ र जनताको मर्म बुझ्ने अनुशासित पार्टी बनाउछौं, हामी युवाहरुलाई प्राथमिकता दिने पार्टी बनाउने छौँ ।’ खसी काटेर गाउँगाउँमा भोज लाउदै मान्छे फकाएर कम्युनिस्ट पार्टी अघि नबढ्ने उनले तर्क गरे । त्यस्तै उनले बागमती प्रदेश सरकारबाट धुनीबेसीमा भैरहेको बिकासको बिषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य गुरुप्रसाद बुर्लाकोटी, केन्द्रिय सदस्य मायादेवी शर्मा, इन्दिरा ढुंगाना, प्रदेश कमिटि सदस्य एवं धुनिवेशीका मेयर बालकृष्ण आचार्य, जिल्ला कमिटिका उपाध्यक्ष नारायण कार्की, सचिव सुवास खतिवडा लगायतको उपस्थिती रहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar