काठमाण्डौ – चिनिया स्मार्टफोन ब्रान्ड रियलमीले चाँडै नै नेपाली बजारमा आफ्नो युथ फ्ल्यागशिप स्मार्टफोन रियलमी नाइन प्रो प्लस फाइभजी सार्वजनिक गर्ने भएको छ ।
मिडरेञ्ज फ्ल्यागशिप क्यामेरा र शक्तिशाली फाइभजी प्रोसेसर रहेको यो फोनमा रङ परिवर्तन इफेक्ट सहितको लाइट सिफ्ट डिजाइन रहेको छ । रियलमी नाइन प्रो प्लस फाइभजी दुई प्रकारका रङ्गहरूमा नेपाल आउनेछ । जसमा मिडनाइट ब्ल्याक र अरोरा ग्रिन रहेका छन् । जुन छ जीबी र्याम तथा १२८ जीबी स्टोरेज र आठ जीबी र्याम तथा १२८ जीबी स्टोरेजका साथ उपलब्ध हुनेछ । भारतमा याे फोनको मूल्य करिब ४० हजार रुपैयाँ रहेको भए पनि नेपालमा कति हुन्छ भन्ने कुरा चाहिँ कम्पनीले खुलाएकाे छैन ।
यस्ता छन् मुख्य फिचर :
सोनी आईएमएक्स ७६६ ओआईएस क्यामेरा रहेको यो फोनमा ५० मेगापिक्सेल लेन्स सहित पछाडि भागमा तीन ओटा क्यामेरा राखिएका छन् । जसमा आठ मेगापिक्सेलको सुपर वाइड क्यामेरा र दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा रहेको छ ।
यसमा रहेको हाइ डाइनामिक सेन्सरले भिन्न किसिमको एक्स्पोजर लेभल सहित सुन्दर तस्वीर खिच्न मद्दत गर्ने कम्पनीको दाबी छ । कम उज्यालो भएको अवस्थामा पनि रियलमी नाइन प्रो प्लस फाइभजीको १६ मेगापिक्सेलको फ्रन्ट क्यामेराले क्लियर फ्युजन एल्गोरिदमको सहयोगमा आकर्षक सेल्फी खिच्न सक्छ ।
मिडियाटेक डाइमेन्सिटी ९२० फाइभजी प्रोसेसर
मिडियाटेक डाइमेन्सिटी ९२० फाइभजी प्रोसेसरका साथ अत्याधुनिक टीएसएमसी ६ एनएम प्रोडक्सन प्रोसेस उपयोग गर्ने रियलमी ९ प्रो प्लस फाइभजी विश्वकै पहिलो स्मार्टफोन मध्येको एक हो ।
सुपरडार्ट चार्जिङ सहितको ठूलो ब्याट्री
४५०० एमएएच ब्याट्री क्षमता भएको रियलमी ९ प्रो प्लस फाइभजी स्मार्टफोनमा ६० वाटको सुपर डार्ट चार्ज सपोर्ट समेत रहेका छ । जसको मद्दतले १५ मिनेटमै यो फोन ५० प्रतिशत चार्ज गर्न सकिने र शत प्रतिशत चार्ज हुन केवल ४४ मिनेट लाग्ने कम्पनीको दाबी छ ।
९० हर्ज सुपर एमोलेड डिस्प्ले
रियलमी नाइन प्रो प्लस फाइभजीमा ९० हर्ज रिफ्रेश रेट र ३६० हर्ज टच स्याम्पलिङ रेट रहेको छ । ६.४ इनचको सुपर एमोलेड डिस्प्ले राखिएको यो फोनमा ९०.८ प्रतिशत स्क्रिन – टु – बडी अनुपात र १००० निट्स ब्राइटनेस रहेको छ ।
ईन – डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर सँगै हार्ट रेट डिटेक्सन
ईन – डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर रियलमी नाइन प्रो प्लस फाइभजीेमा हार्ट रेट डिटेक्सन अर्थात् मुटुको धड्कन मापन गर्नसक्ने क्षमता समेत रहेको छ । अन्डर स्क्रिन फिङ्गरप्रिन्ट सेन्सरहरूको नयाँ प्रविधिले अझ छिटो अनलक गर्न सघाउने कम्पनीले उल्लेख गरेको छ । यो फोनमा रहेको हार्ट रेट डिटेक्सनले प्रयोगकर्ताहरूलाई मुटुको गति पत्ता लगाउने र रेकर्डिङ गर्ने सेवा समेत दिन्छ ।
लाइट सिफ्ट डिजाइन
रियलमी नाइन प्रो प्लस फाइभजीको रियर प्यानलमा इण्डस्ट्री – लिडिङ्ग लाइट सिफ्ट डिजाइन रहेको छ । सामान्य सूर्यको किरण वा अल्ट्राभायोलेट प्रकाश पर्दा फोनको पछाडि भाग ३ सेकेण्डमै निलोबाट रातोमा परिवर्तन हुन्छ । सूर्यको किरण नपर्दा यो फोन दुईदेखि ५ मिनेटमा आफ्नो वास्तविक रङ्गमा फर्किन्छ । तरलाइट सिफ्ट डिजाइन रियलमी ९ प्रो प्लस फाइभजीको ब्लु भेरियन्टमा मात्र राखिएको छ ।
रियलमी यूआई ३.० एण्ड्रोइड १२ मा आधारित
रियलमी नाइन प्रो प्लस फाइभजी एण्ड्रोइड १२ मा आधारित कम्पनीको पहिलो स्मार्टफोन हुनेछ ।
भर्चुअल र्याम
रियलमीले फोनमा हुने मेमोरीको कमीलाई ध्यान दिँदै डीआरई प्रविधिको विकास गरेको छ । जसले । र्याम बढाउन रोमलाई भर्चुअल र्याममा परिणत गर्दछ । रियलमी नाइन प्रो प्लस फाइभजीमा स्मार्टफोनको र्याम पाँच जीबीसम्म विस्तार गर्न सकिन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar