अफगानिस्तान – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ ।
अफगानिस्तानको गृह मन्त्रालयले शनिबार जनाएअनुसार घटना शाह वली कोट जिल्लामा भएको थियो । युद्धको अवशेषको रूपमा रहेको उक्त बम दुर्गम गाउँका बालबालिकाहरू खेल्दै गर्दा विस्फोट भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । ल्यान्डमाइन, एन्टि-पर्सनेल माइनहरू र युद्धमा बाँकी रहेका विस्फोटक पदार्थबाट द्वन्द्वपछिको देशमा प्रत्येक महिना लगभग १२० जनाको मृत्यु वा अपाङ्ग हुने गरेको आधिकारिक स्रोतले जनाएका छन् ।
शुक्रबार पूर्वी पक्तिया प्रान्तमा पनि सोही प्रकारको विस्फोट हुँदा दुई नागरिकको मृत्यु भएको थियो र तीन जना घाइते भएका थिए।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar