काठमाण्डौ – बैंक तथा वित्तीय संस्थाले २ खर्ब ५० अर्बभन्दा बढी ब्याज समुहलियतपूर्ण कर्जा लगानी गरेका छन् ।
सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ कार्यान्वयनमा आएसँगै बैंक तथा वित्तीय संस्थाले २ खर्ब ५० अर्ब १४ करोड ४४ लाख ४५ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । कुल स्वीकृत कर्जामध्ये गत माघ मसान्तसम्म लगानी रहेको सहुलियतपूर्ण कर्जा २ खर्ब १४ अर्ब ७८ करोड १० लाख ८५ हजार रुपैयाँ रहेका छ भने ३५ अर्बभन्दा बढी कर्जा चुक्ता भइसकेको छ ।
सरकारले चालु आर्थिक वर्षको माघ मसान्तसम्म उक्त कर्जाको ब्याज अनुदानका लागि ११ अर्ब ५० करोड ८६ लाख ४२ हजार रुपैयाँ खर्च गरेको छ । १० शीर्षकमध्ये सबैभन्दा धेरै कर्जा व्यावसायिक कृषि तथा पशुपंक्षी शीर्षकमा रहेको छ । उक्त शीर्षकमा ५८ हजार २ सय ६९ जना ऋणीलाई १ खर्ब ५८ अर्ब ७७ करोड ३८ लाख ९७ हजार स्वीकृत भएकोमा १ खर्ब ३६ अर्ब ८२ करोड ९२ लाख ७ हजार रुपैयाँ बाँकी रहेको छ ।
व्यावसायिक कृषि तथा पशुपंक्षी शीर्षकमा धितोसहित विनाधितो कर्जा लगानी हुने गरेको छ । उक्त शीर्षकमा १ खर्ब ५५ अर्ब ४८ करोड १७ लाख ७८ हजार कर्जा लगानी स्वीकृत भएकोमा १ खर्ब ३४ अर्ब ४० करोड ९ लाख ८३ हजार रुपैयाँ बाँकी छ । विनाधितोमा ५ हजार ९ सय ५० ऋणीलाई ३ अर्ब २९ करोड २१ लाख १९ हजार रुपैयाँ कर्जा लगानी भएकोमा २ अर्ब ४२ करोड ८२ लाख २४ हजार चुक्ता बाँकी रहेको छ ।
कृषिपछि महिला उद्यमशीलता कर्जामा धेरै लगानी भएको छ । महिला उद्यमशील कर्जा शीर्षकमा ८१ हजार २ सय २७ ऋणीलाई ८५ अर्ब ९९ करोड ३५ लाख ९६ हजार कर्जा स्वीकृत भएकोमा ७४ अर्ब १९ करोड ४६ लाख ४१ हजार बाँकी छ । यस्तै, शिक्षित युवा स्वरोजगार शीर्षकमा १ सय ५१ जना ऋणीलाई ७ करोड ९० लाख ६१ हजार कर्जा स्वीकृत भएकोमा ५ करोड ९४ लाख ८६ हजार बाँकी छ । विदेशबाट फर्केका युवा परियोजना शीर्षकमा ९ सय ५७ जना ऋणीलाई ७८ करोड ४७ लाख ४० हजार कर्जा स्वीकृत भएकोमा ६२ करोड ६५ लाख ४० हजार लगानी गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar