काठमाण्डौ – विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध खेल्दैछ ।
युएईको सारजाँह रंगशालामा नेपालले टस हारेपछि पहिले फिल्डिङ गर्ने भएको छ । ६ महिनापछि एकदिवशीय अन्तर्राष्ट्रि क्रिकेट खेल्न लागेको नेपालको टिममा आज सागर ढकालले एकदिवशीय अन्तर्राष्ट्रिय डेब्यू गर्दैछन् । अफ स्पिनर सागरले अघिल्लो महिना चारदेशीय शृंखला अन्तर्गत ओमानसँगको खेलमा टी – २० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए ।
घरेलु क्रिकेटमा विभागीय टोली नेपाल पुलिसबाट खेल्ने उनले दुईवटा टी – २० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । दुवै ओमानसँग हो । नेपाली टोलीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, मोहम्मद आसिफ शेख, सागर ढकाल, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल र सोमपाल कामी छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar