बैतडी – अनुमति विना पाराग्लाइडिङ गर्ने एक अष्ट्रियाली नागरिकलाई पक्राउ गरिएको छ ।
बैतडीको दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट पाराग्लाइडिङ गरेको सुराकीको आधारमा जिल्ला प्रशासन कार्यालयको टोलीले उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहेका छन् । प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जेल्नरले कानुन विपरीत जिल्लाको मुस्याचौर क्षेत्र र पुर्चौंडी क्षेत्रमा पाराग्लाइडिङ गर्दै आएका थिए ।
पाराग्लाइडिङ उडानका लागि अनुमति आवश्यक पर्ने भए पनि उनले विना अनुमति पाराग्लाइडिङ गरेकाले पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । जेल्नरसँग अष्ट्रियामा पाराग्लाइडिङ गर्ने अनुमतिपत्र रहेको पाईएको छ भने नेपालका लागि अनुमति नरहेको भारतीले बताए ।
मार्च ३० तारिखसम्म नेपालमा रहने पर्यटक प्रवेशाज्ञा रहेका उनलाई आवश्यक कारबाहीका लागि मंगलबार नागरिक उड्डयन कार्यालय, धनगढी पठाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar