काठमाण्डौ – महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको पोखरा, चिप्लेढुङ्गा शाखाले पोखरा महानगरपालिका वडा नं.१९ हेम्जा अवस्थित अम्विका माध्यमिक विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्री प्रदान गरेको छ ।
यस सहयोगबाट विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउने विश्वासका साथ उक्त प्रयोगसालाका सामाग्रीहरु प्रदान गरिएको सो शाखाका शाखा प्रवन्धक किरण घिमिरेले जानकारी दिएका हुन ।
एक कार्यक्रमका बिच उक्त विज्ञान प्रयोग शालाका सामाग्री विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुवास भण्डारीलाई हस्तान्तरण गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar