काठमाण्डौ – ग्लोबल आइएमई र कामना सेवा विकास बैंकबीच सम्झौता भएको छ ।
कामना सेवाका ग्राहकलार्ई गैर – कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार कामना सेवाका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर – कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग लगायतका सुविधा ग्लोबल आइएमई मार्फत लिन सक्छन् ।
उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरेका हुन् ।
ग्लोबल आइएमईले २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि गरि करिब ८६० सेवा केन्द्रबाट वित्तिय सेवा दिदै आएको छ ।
त्यस्तै, कामना सेवा विकास बैंकले देशभर रहेका १२९ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रवाह गर्दै आएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar