सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको वन क्षेत्रमा लागेको डढेलो निभाउन सवा १९ लाख खर्च लागेको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका – २ स्थित वन क्षेत्रमा लागेको डढेलो निभाउन हेलिकोप्टर प्रयोग गरेबापत सवा १९ लाख खर्च लागेको हो ।
गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार सो गाउँपालिकाको सुर्के, नाक्चुङ र तातेलगायत बस्ती आसपासमा लागेको आगो निभाउन सिम्रिक एयरको हेलिकोप्टर प्रयोग गरिएको थियो ।
डडेलो नियन्त्रण गर्न तीन दिन लागेको थियो । पहिलो दिन ११७ बकेट, दोस्रो दिन २३ बकेट र तेस्रो दिन ९० बकेट गरी जम्मा २३० बकेट पानी हालिएको थियो । डडेलो नियन्त्रण गर्न सेना, प्रहरी तथा स्थानीय समेत खटिएका थिए ।
गाउँपालिकाका अनुसार स्थानीय सरकारको विपद् व्यवस्थापन कोषबाट १९ लाख २६ हजार ३३० रुपैयाँ हेलिकोप्टरको खर्च भुक्तानी गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar