मेलम्ची – सिन्धुपाल्चोकको मेलम्चीमा सञ्चालित् मेलम्ची अस्पतालले पटक पटक गर्दै आएको आफ्नो गल्ती ढाकछोप गर्न नयाँ प्रपञ्च सुरु गरेको छ ।
अस्पतालले गर्दै आएको गल्तिवारे सामाजिक संजाल र संचारमाध्यममा निरन्तर समाचार प्रकाशन प्रशारण हुँदै आएसँगै अस्पतालले आफ्ना गल्ती ढाकछोप गर्न नयाँ प्रपञ्च सुरु गरेको हो । संचारमाध्यमहरुमा उक्त अस्पताल कानुनी प्रक्रियाबिनै सञ्चालन भइरहेको समाचार प्रकाशन भएसँगै अस्पतालले हतार हतार अस्पतालको नाउँनै परिवर्तन गरी ‘विनायक पोलिकिल्नीक’ बनाएको हो ।
आमसर्वसाधरणलाई देखाउन अस्पतालले नाम परिवर्तन गरेर बोर्ड परिवर्तन गरे पनि भित्रभित्र भने पुरानै नाउँमा कारोबार गर्दै आइरहेको स्थानियको आरोप छ ।
बाहिर पोलिक्लिनकको बोर्ड झुन्डाए पनि भित्र मेलम्ची हस्पिटलकै नाउँमा नाउँमा विल काट्ने गरेको पाइएको छ । उता उक्त अस्पताल नगरपालिकाको मिलोमत्तोमा गैरकानुनी ढङ्गबाट सञ्चालन गरेको हल्ला चलेसंगै अस्पताल संचालकले रातारात बोर्ड परिवर्तन गरी पोलिक्लिन बनाएको खुल्न आएको छ ।
नगरपालिकाको स्वास्थ्य निर्देशिकामा अस्पताल सञ्चालनको लागि आवश्यक पूर्वाधार नपुगेको र त्यही कारण लामो समयदेखि अस्पताल दर्तासमेत नभएको स्थानियले बताएका छन् । यस अघि मेलम्ची अस्पतालले आम सर्वसाधारणसँग अनावश्यक आतङ्क सृजना गरी रकम उठाइरहेको र अस्पतालमा गरेका चेकजाँच रिर्पोटहरु अन्य अस्पतालमा फरक – फरक आउने गरेको समाचार तथ्यसहित बाहिर आएको थियो । उक्त विषयमा संचारमाध्यमहरुमा समाचार प्रकाशन भऐसँगै अस्पतालले रातारात रेडियोलोजिस्ष्ट हटाएर आफू चोखिने प्रयाससमेत गरेको थियो ।
त्यस्तै उक्त अस्पताल नगरपालिकामा दर्तासमेत नभएको र नेपाल सरकारलाई कर समेत नतिरी अवैधरुपमा सञ्चालन भइरहेकोबारे मेलम्चि नगरपालिकाभर हल्ला चलेको थियो । उक्त हल्ला चलेसंगै अस्पताल बन्द हुने डरले रातारात हस्पिटलको नाम नै परिवर्तन गरी सञ्चालन गरेको स्थानिहरु बताँउछन् ।
उता अस्पताल सञ्चालक विष्णु खकुरेलसँग उक्त बिषयमा प्रश्न गर्दा आफुले जे गरे पनि तपाइहरुलाई के मतलब भन्दै पन्छिएका छन् । त्यस्तै उनले त्यस विषयमा आफु नबोल्नेसमेत बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar