जनकपुरधाम – गएराती धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् ।
जनकपुरधाम उप महानगरपालिका – १९ मा शनिबार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएको प्रहरीले जनाएको छ । कमला नगरपालिका – ८ घर भएका मुकेश जनकपुरधाम १९ शिबपुरस्थित मामाको घरमा बस्दै आएको बताइएको छ ।
उनका मामा भोगी मुखियाले संचालन गरेको किराना पसलमा ५\६ जना बसेर कुराकानी गरिरहँदा एक्कासी उनीमाथि गोली प्रहार भएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । डीएसपी बस्नेतका अनुसार मुखियामाथी कन्चट सोझ्याएर गोली हानिएको देखिएको छ । यद्धपी मुखियाको चिउँडोमा गोली लागेको र मुखियाको घाँटीमा गएर गोली अड्किएको छ ।
अहिले उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ । उनीमाथि पेस्तोलबाट गोली प्रहार गरिएको प्रहरीको भनाइ छ । पेस्तोल बरामद भइसकेको र गोली प्रहार गर्नेको पहिचान पनि भइसकेको डीएसपी बस्नेतले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar