काठमाण्डौ – काठमाण्डौबाट विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् ।
राजधानीको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि बम राखेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपामा आबद्ध सुवास महत रहेको महानगरीय अपराध महाशाखाका एकसएसपी बसन्त कुँवरले जानकारी दिए ।
काभ्रेका उनलाई महाशाखाको टोलीले बुधबार राजधानीबाट पक्राउ गरेको हो । एमसीसी संसदबाट पारित भएपछि त्यसको विरोधमा सोमबार गरिएको नेपाल बन्दको क्रममा संसद भवनअगाडि ‘बम’ राखिएको थियो । प्रेसर कुकरमा ‘नो एमसीसी’ लेखेर राखिएको संकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको थियो ।
डिस्पोजका क्रममा कुकरभित्र प्लास्टिक र कागज पाइएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar