काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटामाथी महाभियोग लगाउन सकिने बताएका छन् ।
मंगलबार, एमालेद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले सभामुख सापकोटाले राजीनामा नदिए महाभियोग लगाउन सकिने बताएका हुन् । उनले सभामुखको क्रियाकलाप अनुचित रहेको पनि जिकिर गरे । त्यस्तै अोलीले सत्ता गठबन्धनले जस्तो राजनीति एमालेले नगर्ने पनि बताए ।
गठबन्धनमा रहेका दलहरु एक्लै चुनावमा जान सक्ने हैसियतमा नरहेको जिकिर गर्दै ओलीले कमजोर भएकैले गठबन्धन खोजेको बताए । ओलीले उनीहरु गठबन्धन बनाएर वा एक्लै जसरी गएपनि त्यसमा एमालेलाई कुनै फरक नपर्ने बताए । एमाले एक्लै चुनाव लड्न सक्षम रहेको बताउँदै उनले आउने चुनावको परिणाम पर्खिन आग्रह पनि गरे ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar