काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौता प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने बेला संसद् बैठक बहिष्कार गर्ने भएका छन् ।
आईतबार, संसदको पहिलो बैठकपछी संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट एमसीसी पारित गर्न लागिएपछि बैठकमै नबस्ने निर्णय लिएको बताएका हुन् । त्यस्तै खनालले पार्टी स्थायी कमिटी बैठकमा एमसीसीबारे सर्वसम्मत निर्णय नभएको समेत जानकारी दिए ।
‘व्याख्यात्मक घोषणा भनेको के हो ? कुन अन्तर्राष्ट्रिय कानुनअन्तर्गत हुन्छ ? यसको वैधानिकता के हुन्छ ?,’ उनले प्रश्न गरे, ‘अमेरिका र एमसीसीले मान्छ भन्ने सुनिश्चितता के छ ?’ खनालले अगाडि भने, ‘अमेरिकाले मान्ने कुराको सुनिश्चितता नभइकन व्याख्यात्मक घोषणाको आधारमा यो मत विभाजन हुँदैछ । यसमा भाग लिन्न ।’ नेता खनालले राजनीतिक दलका शीर्ष नेताहरुले एमसीसीमा अमेरिकालाई मनाउनका लागि खुट्टा नटेकेको आरोप पनि लगाए ।
उनले संसद् बैठकमा एमसीसी सम्झौताको सामान्य छलफलका क्रममा एमसीसी संशोधन नगरिकन अनुमोदन गर्न नहुने अडान दोहोर्याएका थिए । आफूहरू एमसीसी ग्रहण गर्ने पक्षमा रहेको तर यथास्थितिमा अनुमोदन गर्न नहुने उनले बताएका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar