रौतहट – रौतहट एक मेयरसहित चार जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।
आईतबार, रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेललाई दुई लाख ५० हजार रुपैयाँको चेकसहित अख्तियार केन्द्रीय कार्यालयको टोलीले पक्राउ गरेको हो । अख्तियारको टोलीले उनलाई नगरपालिकाकै वडा नम्बर १ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए ।
मेयर पटेल, उनका स्वकीय सचिवलगायत चारजना पक्राउ परेको प्रजिअ शाहीले जानकारी दिए । यद्धपी पक्राउबारे थप विवरण आउन बाँकी रहेको छ ।
उता पटेल पक्राउ परेको खबरसँगै स्थानीयको एक समूहले मेयरलाई फसाउन खोजेको भन्दै नगरपालिका कार्यालय घेराउ गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar