काठमाण्डौ – नेकपा एकिकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ ।
अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा थप छलफल गर्न एकीकृत समाजवादीले आज पुनः स्थायी कमिटी बैठक बोलाएको हो ।
सत्तारुढ गठबन्धन दल एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन सहमत देखिएपछि नेकपा एकीकृत समाजवादीले बैठक बोलाएको हो ।
आइतबार, प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित गर्ने सत्ता गठबन्धनले निर्णय गरेको थियो । बैठकपछि काँग्रेस नेता रामचन्द्र पौडेलले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना पारित गर्ने गठबन्धनमा सहमति भएको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar